कोल्हबी २६ जेष्ठ //बाराको कोल्हबी नगरपालिका वडा न.१ मा अवस्थित मठ्वा चौरमा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीद्वारा नेपाल विधुत प्राधिकरण सबस्टेशनको सिलन्यास कार्यक्रम शुक्रबार एक समारोहका बिच सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख चौधरीले
पुजापाठ गरि विद्युत सबस्टेशनको शिलान्यास गरेका हुन जसले नगरीय विकास तथा विद्युतिय विषयमा महत्वपूर्ण भूमिका निभाउनेछ।कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले उक्त ठेका २ वर्ष पहिलेनै भैसकेको थियो तर जग्गा विवादका कारण काम अल्झेको र धेरै प्रयास पछि गाउँलेहरु संग
छलफल गरि काम सुरु गरेको हो तथा उक्त विद्युत ल्याउन धेरै अफ्याराहरु छिछोल्दै र आएका समस्याहरु समाधान गर्दै आज आएर सफल भएका कुराहरु उहाँले जोड दिनु भएको हो । उक्त विद्युत सबस्टेशन करिब १० करोड ७० लाखको लागतमा २ बिघा ५ कठा क्षेत्र फलको जग्गामा निर्माण हुन गाइरहेको हो ।उक्त शिलान्यास कार्यक्रममा उद्योग बाणिज्य
संघ कोल्हबी शाखाका पुर्व अध्यक्ष धुन्दिराज उप्रेती ,नगर उद्योग बाणिज्य संघ कोल्हबीका संस्थापक अध्यक्ष महेश कुमार साह,सुरक्षा बेस कोल्हबीका प्रमुख बिशनाथ यादव,समाजसेवि कपिलदेव पजियार लगायतका उपस्तिथि रहेको थियो।