कोल्हवी १९ असोज //मधेस प्रदेश स्थित बाराको कोल्हबी नगरपालिका वडा न.१ कोल्हबीमा अवस्थित तामागढि बचत तथा ऋण सहकारी संस्था लि.को १५ औ बार्षिक साधारण सभा शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष एकराज आचार्यको अध्यक्ष्ातामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जेष्ट नागरिक नरबहादुर भण्डारीले पानसमा बति बालेर उद्घाटन गर्नु भएको थियो। उक्त कार्यक्रममा बारा
क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली ,बारा क्षेत्र न.१´क`का प्रदेश सदस्य त्रिलोकि चौधरी,जिल्ला सहकारी संघ का अध्यक्ष सतेन्द्र ठाकुर,कोल्हवी नगरपालिकाका पुर्व नगर प्रमुख भरत बहादुर भण्डारी लगायतले कार्यक्रममा बोल्नु भएको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै बिशिष्ट अतिथि समेत रहनु भएका बारा निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले कम समयमा यो संस्थाले जिल्लामानै उत्कृष्ट रहि सफल हुदै यति धेरै अगाडी बढेकोले यो संस्थालाइ यहासम्म पुर्याउन आफ्नो बुद्धि बिवेक,क्षमता र मेहनत गर्ने कर्मचारीहरु,संचालक समिति र सम्पुर्ण सरोकारवालाहरुलाई सम्मान र धन्यवाद दिनुका साथै राजनितिक,जातिय,आर्थिक र सामाजिक रुपमा बिभाजित भए पनि सहकारीले सबैलाइ एउटै धागोमा बाधेको हुन्छ। सहकारीमा बचत गर्ने बानीले भविष्यमा आइपर्ने समस्या सजिलैसङ समाधान गर्न सकिन्छ लगायतका कुराहरू जोड दिनु भएको छ। कार्यक्रममानगर उधोग बाणिज्य संघ कोल्हबीका अध्यक्ष लक्ष्मी प्रसाद साह कलवार,संस्थाका लेखा सुपरिवेक्षण संयोजक गोबिन्द पौडेल,कोल्हबी नगरपालिका वडा न.१ का वडा अध्यक्ष राजहरण चौधरी ,वाड न.२ का वडा अध्यक्ष गोपाल अधिकारी, वडा न.४ का अध्यक्ष बिष्णु मैनाली ,समाजसेवी केवल प्रसाद चौधरी,पुरनदेव चौधरी,टिना सुबेदी,करैयामाई गाउपालिका वडा न.१ का अध्यक्ष सोनालाल साह,अटुट बचत सहकारी सस्था कोल्हबी ४ सपहिका अध्यक्ष बिशुनदयाल चौधरी ,निर्मल बचत सहकारी सस्था परसौनाका अध्यक्ष मोहन चौधरी लगायत सेयर सदस्य तथा बचत कर्ताहरुको उपस्थिति रहेको थियो।