कोल्हवी भदौ २२// बारा जिल्लामा पर्ने बारा क्षेत्र न.१ को बारागढी गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बिच मधेस प्रदेशका मुख्य मन्त्री माननीय सरोज कुमार यादव द्वारा जिल्लाको पहिलो साक्षर गाउँपालिका घोषण गरिएको छ।
बारागढी गाउँपालिकाका प्रमुख अशोक कुमार जयसवालको अध्यक्ष्ाता र मधेस प्रदेशका मुख्य मन्त्री माननीय सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बारा क्षेत्र न.१ का प्रतिनिधि सभा सद्स्य माननीय अच्युत मैनाली,क्षेत्र न.३ का पुर्व माननीय रामबाबु कुमार यादव,बारा क्षेत्र न.१ क का प्रदेश सभा सदस्य त्रिलोकि चौधरी,जिल्ला समन्वय समिती बाराका उप-प्रमुख चन्डिका उप्रेती लगायतले कार्यक्रममा बोल्नु भएको थियो।कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्य मन्त्री यादवले बाटो घाटो ,शिक्षा आदिमा सुधार ल्याउने र आफुबाट हुने सहयोग गर्ने लगायतका कुराहरू उहाँले जोड दिनु भएको हो।उक्र कार्यक्रममा आशमान नेपालका अध्यक्ष रामप्रबेस यादव,कार्यक्रम प्रबन्धक सन्जिब कुमार गुप्ता,पिन नेपालका प्रमुख एलिजा तुलाधर,sodc पर्साका कार्यक्रम प्रबन्धक राम सुन्दर नेपाली,सशस्त्र प्रहरीका प्रमुख टोप बाहादुर डागी,शिक्षा प्रेमी,बुद्धिजीवी ,सामुदायिक तथा संस्थागत बिद्यालयका प्र.अ हरु तथा शिक्षकहरु,सामुदायिक सिकाई केन्द्रका अध्यक्ष ,परिचालिका,गाउँपालिकाका सम्पुर्ण शाखा प्रमुखहरु,कर्मचारीहरु,गाउँपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,युनिसेफ नेपाल जनकपुर,छाया नेपालका प्रतिनिधि लागाएतका उपस्थिती रहेको थियो।उक्त कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुले सान्स्कृतिक, नृत्य तथा गायन प्रस्तुत गर्नुका साथै राम्लोचनको टिमले शिक्षा मुलक नाटक प्रस्तुत गरेको थियो।
कार्यक्रमलाई सफल पार्न अहम भुमिका निर्वाह गर्ने सामुदायिक सिकाई केन्द्रहरु,बिद्यालयहरु तथा सन्चारकर्मीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो।कार्यक्रममा विभिन्न बिशिस्ट ब्यक्तिहरु,अतिथिहरुले बारा जिल्लामानै पहिलो साक्षर गाउपालिका घोषण भएकोमा खुशी ब्यक्त समेत गरेका थिए।
पालिकाका ९७ दशमलव २५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसँगै साक्षर पालिका घोषणा गरिएको हो। पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । मापदण्डअनुसार तय भएका १२ वटा सूचक सबै पार गरेपछि घोषणा कार्यक्रम राखिएको थियो।
हाल नेपालमा छ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको ९२ प्रतिशत, १५ वर्षमाथिको ५८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता दर ८५ रहेको छ ।
प्रतिशतका हिसाबले साक्षरता दर सुधारोन्मुख भने देखिएको छ । किनकि विसं २००४ मा नेपालको साक्षरता दुई प्रतिशत थियो ।हाल नेपालमा ३५ हजार छ सय ७४ विद्यालय रहेकामा २७ हजार आठ सय १२ सामुदायिक, छ हजार सात सय ३२ निजी संस्थागत, एक हजार एक सय ३० परम्परागत विद्यालय रहेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य बारागढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश मिश्राले गर्नु भएको थियो भने कार्यक्रमको समापन गर्दै गाउपालिकाका प्रमुख जयसवालले सबैको निरन्तर सहयोग र सुवेक्षाले गर्दा गाउँपालिकालाई साक्षर घोषण गर्न पाएकोमा सबैलाई आभर समेत प्रकट गर्नु भएको थियो।