ads

.

Radio Kolhabi Online Radio

शान्ति वृद्धा फाउन्डेसन बाराद्वारा पुस्तकालय उद्घाटन तथा बृधा सम्मान कार्यक्रम सम्पन्न ।

 कोल्हवी २३ असार //बाराको कोल्हबी नगरपालिका वडा न.९ स्थित शान्ति बृद्धा फाउन्डेसनद्वारा सनिवार एक समारोहका बिच कोल्हबी बजारको प्राङ्गणमा पुस्तकालय उद्घाटन तथा वृद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

शान्ति वृद्धा फाउन्डेसनका अध्यक्ष प्रेम नारायण चौधरीको अध्यक्ष्ाता र कोल्हबी नगरपालिकाका नगर-प्रमुख रामप्रसाद चौधरीको प्रमुख अतित्थवमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस कोल्हबी नगर कमिटी सभापति बिरेन्द्र चौधरी, ने.क.पा एमाले नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी,नागरिक उनमुक्ति पार्टी कोल्हबी नगर अध्यक्ष भुवन चौधरी,कोल्हबि नगर उधोग वाणिज्य संघका अध्यक्ष  लक्ष्मी साह लगायतले कार्यक्रममा बोल्नु भएको थियो। कार्यक्रममा बोल्दै कोल्हबी

नगरपालिकाका नगर-प्रमुख चौधरीले हामी सबै मिलि यस नगरपालिका भरिका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु पर्दछ।वृद्ध बृद्धालाई सम्मान गरे मात्र असल समजको निर्माण हुन्छ र उहाहरुले सिकाएका बाटो लाग्नु पर्दछ।यस नगरपालिकाले अगामी दिनमा यस फाउन्डेसनलाई सहयोग गर्ने लगायतका कुराहरू उहाँले जोड दिनु भएको हो।कार्यक्रममा वडा न.१ का जेष्ठ नागरिक तुरनी थरुनी,वडा न.२ कि मन कुमारी बस्नेत,३ कि पलटि देवि चौधरी,४ का नरबहादुर भण्डारी,५ कि तारा देवि आचार्य,६ कि बलकेसिया थरुनी, ७ कि मैया देवि मुखिया,८ का इन्द्र बहादुर नेपाल,९ कि शिव कलिया देवि थरुनी,१० कि ढ्कनी देवि तेलिन, ११ कि छठिहा देवि मलाहिनलाइ सम्मान स्वरुप नगद,कपडा र सम्मान पत्रले सम्मान गरेको हो ।उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाकि

नगर उप-प्रमुख लक्ष्मी कुमारी चौधरी,कोल्हबी नगरपालिका वडा न.१ का वडा अध्यक्ष राजहरण चौधरी,९ का दल बहादुर चौधरी,तामागढी  साझेदारि वन समुहका अध्यक्ष रबिन्द्र पनुहर ,नगर उधोग वाणिज्य संघ कोल्हबीका संस्थापक अध्यक्ष महेश कुमार साह,ईलाका प्रशासन कार्यालय कोल्हबीका प्रमुख नबिन चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारी,सशस्त्र सुरक्षा बेस क्याम्प कोल्हबीका प्रहरी नायब-निरीक्षक विश्वनाथ यादव लगायतको उपस्थिति रहेको थियोे।कार्यक्रममा स्वागत मन्तव्य प्रकाश चौधरीको रहेको थियो भने कार्यक्रमको संचालन धिरेन्द्र पनुहरले गर्नुभएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#