ads

.

Radio Kolhabi Online Radio

झुठा समाचारको खण्डन गर्दै बारागढी गाउँपालिकाले निआले प्रेस बिज्ञप्त्ति।।

कोल्हबी १२ असार //बाराको बारागढी गाउँपालिकाले जनगुनासो दैनिक तथा अन्य अन्लाईन पत्रीका मार्फत समाजिक संजालमा आएको समाचार झुठो हो भनी खण्डन गर्दै मंग्लवार एक समारोहका बिच गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरेको छ।गाउँपालिकाले "बारागढी गाउँपालिकाको लेखापाल चौधरीको मनोमानी कमिशनको खेलमा विकासको योजना अगाडि सारिदै"भन्ने शिर्षकमा समाचार सम्प्रेषण भएको भन्दै गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्त्ति मार्फत जनाएको छ।

बारागढी गाउँपालिकाका लेखा अधिकृत अजय चौधरी,इन्जिनियर बिनय चौधरी र गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवाल प्रति लगाईएको आरोप भ्रमित,ब्यक्तिगत चरित्र हत्या गर्ने र बदनाम गर्ने वाहेक अरु केहि नभएको लगायतका कुराहरु प्रेस बिज्ञप्त्तिमा उल्लेख गरिएको छ।

ग्यास सिलिन्डर खरिद टेण्डरका सम्बन्धमा मिलोमतो गरेको भनि प्रकाशन भएको समाचार प्रति गाउँपालिकाले खण्डन गर्दै चालु आ/ ब०७९/८०को गाउँसभा बाट स्वीकृत भइ ग्यास सिलिन्डर खरिद तथा बितरण योजना तथा कार्यक्रमलाई गाउँपालिकाले २०७९/९/४ गतेको निर्णय अनुसार सार्वजनिक

खरिद ऐन २०६३ र्सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम रास्ट्रिय दैनिक पत्रिकामार्फत  सुचना प्रकाशन गरि विद्युतिय  बोलपत्र प्रक्रिया  टेण्डर आव्हान गरेको थियो।उक्त टेण्डर प्रक्रियामा पाँच वटा फर्मले प्रतिस्पर्धा गरेको मध्य सबै भन्द्दा कम कबोल गर्ने श्री न्यू इलेक्ट्रोनिक प्लाजा,गौरले रु.३,८६,६०,७२७.६०( अक्षरुपि तिन करोड छयासि लाख साठि हजार सात सय सत्ताईस रुपया साठि पैसा)मा स्वीकृत भइ  नियमानुसारको बैंक ग्यारेन्टी राखि सम्झौता भएको जनाएको छ।

उक्त ग्यास सिलिन्डर बितरण कार्यक्रमको सम्झौता मात्र भइ कार्यान्वयनमा नआईसकेको र्भर्खर भएको०८०/०८१को गाउँसभाबाट निति तथा बजेट पारितका लागि समेत अनुमोदन भएको र सामान खरिदका लागि नेपाल गुणस्तर र ईण्डियन गुणस्तर सर्टिफाईड प्रमाणित भएको सामाग्री माग गरिएको र सो सम्बन्धि कुनै पनि भुक्तान नभएको पत्रकार सम्मेलन मार्फत जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#