ads

.

Radio Kolhabi Online Radio

श्री राष्ट्रिय आधारभूत विधालय भंगहामा १६ वटा सिसिटिभी क्यामरा जडान।

 कोल्हबी ५ असार //महोत्तरीको भंगहा नगरपालिकामा अवस्थित रहेको श्री राष्ट्रिय आधारभूत विधालयमा मंग्लवार १६ ओटा सिसिटिभी क्यामरा जडान गरिएको छ।भंगहा नगरपालिकाकै नमुना बिद्यालयको रुपमा पहिचान बनाएको यो विधालयमा गत साल देखि विद्यार्थीको अत्याधिक चाप बढदै गएको छ।सिसिटिभि क्यामरा जडान हुने भंगहा नगर कै पहिलो विधालयको रुपमा आज स्थापित भएको छ।

विधालय व्यवस्थापन समितीको अध्यक्ष श्री सन्तोष कुमार महतोले विधालयको शैक्षिक अवस्थालाई अझै सुधार गर्न हामीले सिसिटिभी क्यामरा जडान गरेको उहाँले बताउनु भयो।उहाँले आफ्नै कार्यकाल सकिन लाग्दा विधालयलाई यो भेगकै नमुना विधालय बनाउछु भन्ने उद्देश्यले निरन्तर स्कुलमा समयम समयमा आफै आएर अनुगमन गर्ने र विधार्थीहरुको समस्या सुन्ने गर्नुभएको छ।त्यस्तै प्रत्येक महिनाको अन्तिममा विधालयको स्टाफहरुको मिटिङ राखेर कर्मचारीलाई आवस्यक सल्लाह सुझाव दिदै आइरहेको उहाले बताउनुभयो।

उहाँ धेरै विरोधको बावजुद पनि यो विधालय व्यवस्थापन समितिमा चुनिएको बेला देखि नै विधालयलाइ यो भेगकै नमुना विधालय बनाउने,शैक्षिक अवस्थालाई सुधार गर्ने आशा गरेर नै विधालय व्यवस्थापन समितिको अध्यक्षमा  दाबी समेत गर्नुभएको बताउनुभयो।त्यस्तै गरि यस  विधालयका प्रधानाध्यापक महेश साहले हामी विधालयको अभिभावक हामीलाई समयसमयमा तालिम मिटिङमा जानुपर्ने हुन्छ। विद्यार्थीहरुले उच्छृङ्खल कार्य नगरोस साथै कर्मचारीले आफ्नो कक्षाकोठामा आफ्नो विधार्थिहरुको पढाईमा विशेष ध्यान होस र सुरक्षालाई समेत दृष्टिगत गरि हामीले विधालय व्यवस्थापन समितिलाई पटक पटक आग्रह गर्दा विधालय व्यवस्थापन समितीले १६ ओटा सिसिटिभी क्यामरा मंगलबारबाट सन्चालन गरेको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#