ads

.

Radio Kolhabi Online Radio

बाराको कोल्हबीमा माननीय रेशम चौधरी ज्युलाइ भब्यका साथ स्वागत ।

कोल्हबी २९ जेष्ठ//बाराको कोल्हबी नगरपालिका वडा न.१ मा अवस्थित कोल्हबी बजारको भलिबल खेलमैदानको प्राङ्गणमा सोमबार एक समारोहका बिच नागरिक उन्मुक्ति पार्टीका संरक्षक एबम पुर्व माननीय तथा थारु अगुवा रेशमलाल चौधरी ज्युलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। थारु

कल्याण कारिणी सभा गाउँ इकाई कार्य समितिका सभापति श्री रामबाबु चौधरीको अध्यक्ष्ाता र नागरिक उन्मुक्ति पार्टीका संरक्षक एबम पुर्व माननीय तथा थारु अगुवा रेशमलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वागत तथा
सम्मान कार्यक्रममा माननीय श्री गङ्गाराम थारु,कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले कार्यक्रममा बोल्नु भएको थियो।कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एबम पुर्व माननीय तथा थारु अगुवा नेता चौधरीले थारुहरुको हक अधिकार तथा थारु कोटा कायम
गर्नको लागि लडाइ लडिरहेको र देशभरी मिसन ८४ को अभियान गर्नु हुने लगायतका कुराहरु उहाँले बताउनु भएको छ साथै जेल जीवन कष्टकर भएको बेदना समेत पोख्नु भएको हो।उक्त स्वागत तथा सम्मान कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशकि माननीय उर्मिला देवि चौधरी,नागरिक उन्मुक्ति पार्टीकि केन्द्रीय सदस्य गुन्जा चौधरी ,कोल्हबी
नगरपालिकाकि उप-प्रमुख लक्ष्मी कुमारी चौधरी,नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेश कि महिला प्रमुख एब्म केन्द्रिय सदस्य राधा चौधरी,थारु अगुवा,समाजसेवी लगायत करिब ५०० जनाको उपस्थिति रहेको थियो।कार्यक्रममा स्वागत मन्तव्य जयप्रकाश चौधरीको रहेको थियो भने कार्यक्रमको संचालन ज्ञानु चौधरीले गर्नु भएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#