ads

.

Radio Kolhabi Online Radio

बारा प्रहरीद्वारा करिब २ लाख बराबरको सालको काठ बरामद ।

कोल्हबी ३ जेष्ठ // बाराको करैयामाइ गाउँपालिका वडा न.५ स्थित धोरिया टोलमा रहेको चिरान मिलबाट अन्दाजी ८० क्युफिट करिब २ लाख बराबरको सालको काठ बरामद भएको छ। मंग्लवार बेलुकी करिब ६:३० बजेको समयमा

ईलाका प्रहरी कार्यालय सिहोर्वाका प्रहरी हवल्दार रोहित साहको कमान्डमा र सशस्त्र सुरक्षा बेस क्याम्प कोल्हबीका प्रहरी नायब-निरीक्षक विश्वनाथ यादवको कमाण्डमा खटिएको सन्युक्त टोलिले बिशेश सूचनाको आधार उक्त सालको तयारी झ्याल,काठका टुक्राहरु बरामद गरेको हो। 

ककडी बनका प्रमुख मुकेश कुमार दास लगायतका गस्ती टोलिले उक्त ८० क्युफिटको सालको काठ बरामद गरि दिपो सब बन डिभिजन कार्यालय मधुवन पोष्टमा बुझाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#