ads

.

Radio Kolhabi Online Radio

रेशम चौधरीको रिहाईको अवसरमा बाराको कोल्हबीमा दीप प्रज्वलन।।

कोल्हबी १५ जेष्ठ//बाराको कोल्हबी नगरपालिका वडा न.१ कोल्हबी बजारको प्राङ्गणमा सोमबार नागरिक उन्मुक्ति पार्टी  कोल्हबी बाराद्वारा रेशम चौधरीको रिहाईको अवसरमा बाराको कोल्हबीमा दीप प्रज्वलन गरेको छ। 

पुर्व सांसद एवम् थारु समुदाय मात्रै नभई सम्पुर्ण आदिवासी जनजाती , नेपाली लगायत विश्वभरनै चर्चित नेता रेशम चौधरी ६ बर्षपछि डिल्लीबजार कारागारबाट सोमबार बिहानै रिहा भएको हो।अहिलेको नेपालको राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।अहिलेको प्रचण्ड र शेर बहादुर देउवा लगायत पार्टीको नेतृत्वको सरकारको मन्त्रिपरिषदको सिफारिसमा चौधरीलाई

 गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका हुन् ।उक्त रिहाइको अवसरमा थारु अगुवा,समाजसेवी लगायतका उपस्तिथिमा कोल्हबी बजारको प्राङ्गणमा दीप प्रज्वलन गरि धुमधामका साथ मनाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#