ads

.

Radio Kolhabi Online Radio

नगरप्रमुख चौधरीद्वारा २४ औं घण्टा इमर्जेन्सी सेवा, प्रसुती सेवा र जनस्वास्थ्य प्रयोगशालाको उदघाटन कार्यक्रम सम्पन्न ।

कोल्हबी १० जेष्ठ //बाराको कोल्हबी नगरपालिका वडा न.१ मा अवस्थित प्राथमिक स्वास्थ केन्द्र कोल्हबीमा २४ औं घण्टा इमर्जेन्सी सेवा, प्रसुती सेवा र जनस्वास्थ्य  प्रयोगशालाको उदघाटन कार्यक्रम बुधबार एक समारोहका बिच  कोल्हबी नगरपालिकाका नगर-प्रमुख रामप्रसाद चौधरीद्वारा सम्पन्न भएको छ। 

कोल्हबी नगरपालिका वडा न.१का वडा अध्यक्ष राजहरण चौधरीको अध्यक्ष्ाता र कोल्हबी नगरपालिकाका नगर-प्रमुख रामप्रसाद चौधरीको  प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा कोल्हबी नगरपालिकाकि नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी ,प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारी,स्वास्थ शाखा प्रमुख मनोज चौधरी,भेष बहादुर ढकाल, केवल प्रसाद  चौधरी ,तपेश्वर राय चौधरी ,रबिन्द्र पनुहर लगायतले कार्यक्रममा बोल्नु भएको थियो।

उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर-प्रमुख चौधरीले रिवन काटी  शिलालेखमा राखिएको अक्षर समेत पढेर उदघाटन गर्नु भएको हो।उक्त उद्घाटन कार्यक्रममा कोल्हबी नगरपालिकामा अवस्थित हरेक वडाका वडा अध्यक्षहरु,ईलाका प्रशासन कार्यालय कोल्हबीका प्रमुख नबिन चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख

भोला मान सिङ अधिकारी,कोल्हबी स्वास्थ शाखा प्रमुख मनोज चौधरी ,समाजसेवी हरिचन्द्र पनुहर,अजय साह, त्रियोगि राउत थारु,पुर्व वडा अध्यक्षहरु पुरनदेव चौधरी ,भेष बहादुर ढकाल लगायतको उपस्तिथि रहेको थियो।कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका नगर-प्रमुख चौधरीले स्वास्थ हाम्रो जिवनको सबैभन्दा महत्वपूर्ण चिज रहेकोले स्वास्थमा

कुनै किसिमको सम्झौता र राजनीतिक नहुने बताउनु भयो र आफु यस प्राथमिक स्वास्थ केन्द्रलाइ थप व्यस्थित बनाउन कुनै किसिमको कसर बाकी नराख्ने समेतका कुराहरु उहाँले जोड दिनु भएको हो।उक्त कार्यक्रममा स्वागत मन्तव्य डा. मुकेश यादवको रहेको थियो भने कार्यक्रमको संचालन रामसेवक साहले गर्नु भएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#