जियालाल चौधरी,
कोल्हबी ५ जेष्ठ //मधेस प्रदेश स्थित बाराको कोल्हबी नगरपालिकामा शुक्रबार नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेश कार्य समितिद्वारा विरोध प्रदर्शन कार्यक्रम सुरु भएको छ।नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्ष्ातामा उक्त विरोध जुलुस कार्यक्रम सुरु भएको हो।
थारु सेवा सदनको सभा हलबाट निस्केको र्याली "लाल आयोग"सार्वजनिक गर,"देवि शर्माको" प्रतिवेदन सार्वजनिक गर,संसदीय सुन्वाई समितिको प्रतिवेदन सार्वजनिक गर,टिकापुरको घटना विरुद्ध राजनितीक घट्ना हो,यो घटनालाई राजनितीक तवरबाट समाधान गर,भनि नाराका साथ कोल्हबी बजार परिक्रमा गरि कोल्हबीको हट बजारको कोण सभामा परिणत भएको थियो।
कार्यक्रममा बोल्दै उन्मुक्ति पार्टी मधेस प्रदेशका अध्यक्ष चौधरीले जनताले न-चाहिँ न-चाहिँ राज्यले विवश पारेको छ आन्दोलन गर्नको लागि,यदि मान्निय रेशम चौधरी दोषी हुनुहुन्छ भने उहाँलाई फासीको सजानै होस,तर निर्दोष व्यक्तीलाई जेलमा राख्न मिल्दैन,यो जातीय विभेद नै भएको हो ,रेशम चौधरीलाई रिहाइ नहुनजेल सम्म बारा जिल्लाको विभिन्न ठाउँमा नारा जुलुस प्रदर्शन गर्ने ,महेन्द्र राजमार्ग लगायत बारा जिल्लाको विभिन्न स्थानमा बाटो अब्रुध गर्ने लगायतकआ कुराहरू उहाले जोड भएको हो।उक्त विरोध प्रदर्शन कार्यक्रममा थारु अगुवा,समाजसेवी लगायतका सहभागिता रहेको थियो।