जियालाल चौधरी,
कोल्हबी ३० बैशाख// मधेस प्रदेश स्थित बाराको कोल्हबी नगरपालिका वडा न.१ कोल्हवीमा संचालनमा रहेको ग्रासरुट फुटबल खेलाडीहरुका लागी शनिवार एक कार्यक्रमका बिच कोल्हवी नगरपालिका वडा नंं. ९ का वडा अध्यक्ष दलबहादुर चौधरीले ग्रासरुट फुटबल खेलाडीहरुलाइ खेलकुद सामग्री सहयोग गरेका छन ।
ग्रासरुट फुटबलका प्रशिक्षक अनुठा चौधरीको अध्यक्ष्ाता र कोल्हबी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष दलबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ग्रासरुट फुटबल कोल्हवीका संस्थापक समाजिक अभिअन्ता हिरालाल चौधरीको आग्रहमा ६ जोडी बुट सेट , ६ थान टि सर्ट , १ थान फुटबल लगायत अन्य खेलकुद आवश्यक पर्ने सामग्रीहरु गरि करिब १२ हजार ६ सय बराबरको सामाग्रीहरु वडा अध्यक्ष चौधरीले सहयोग गर्नु भएको छ।
उक्त सहयोग वडा अध्यक्ष चौधरीले आफनो व्यक्तिगत तर्फबाट गर्नु भएको ग्रासरुटक फुटबलका संस्थापक हिरालाल चौधरीले जानकारी दिनुभएको हो।कार्यक्रममा जनशक्ति क्लवका कोषअध्यक्ष रामदेयाल चौधरी , कोल्हवी ९ का वडा सदस्यका प्रत्यासी प्रकास चौधरी , कोल्हबी ९ कै सिकेन्द्र कुमार , श्री अनुप दिपनी मा.बि. कोल्हवीका शिक्षक हरेराम चौधरी, ग्रासरुटका फुटबल खेलाडीहरुगरि करिब ६० जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन ग्रासरुट फुटबल कोल्हवीका संस्थापक समाजिक अभिअन्ता हिरालाल चौधरीले गर्नु भएको थियो।