ads

.

Radio Kolhabi Online Radio

मेरोमाइक्रोफाइनान्स लघुवित्तीय संस्था लि.शाखा कार्यालय कोल्हबीद्वारा समाजिक उतरदायित्व अन्तर्गत लघुवितको भुमिका तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

जियालाल चौधरी,

कोल्हबी २८ चैत// मधेस प्रदेश रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा न.८ बिजयपुरमा अवस्थित श्री मा सरस्वती प्राथमिक बिध्यालयमा मंग्लवार एक समारोहका बिच उतरदायित्व अन्तर्गत लघुवितको भुमिका तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।मेरोमाइक्रोफाइनान्स लघुवित्तीय संस्था लि.शाखा कार्यालय कोल्हबीका प्रमुख राजकिशोर प्रसाद यादवको 

अध्यक्ष्ाता र फतुवा बिजयपुर नगरपालिकाकि उप-प्रमुख अमन्य खातुनकि  प्रमुख अतित्थवमा सम्पन्न समाजिक उतरदायित्व अन्तर्गत लघुवितको भुमिका तथा वित्तीय साक्षरता कार्यक्रम फतुवा बिजयपुर नगरपालिका वडा न.८का वाडा अध्यक्ष नितेस चौधरी,मेरोमाइक्रोफाइनान्स लघुवित्तीय संस्था लि. केन्द्रिय कार्यालय अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहा,केन्द्रीय विभाग प्रमुख शेरबहादुर गुरुङ, प्रशासन शाखा प्रमुख उपेद्र प्रसाद साह लगायतले कार्यक्रम बोल्नु भएको थियो । 

कार्यक्रममा बोल्दै मेरोमाइक्रोफाइनान्स लघुवित्तीय संस्था लि. केन्द्रिय अनुगमन अधिकृत कुशवाहाले लघुवित संस्थाबाट कारोबार गर्ने सदस्यहरुलाई राष्ट्रिय स्तरको बैंकबाट ऋणलिइ टाइममा तिर्न नसकदा लघुवित तथा संस्थाबाट कारोबार गर्ने  सदस्यहरुलाई भ्रममा पारेको उहाँले जोड दिनु भएको हो। उक्त कार्यक्रममा श्री मा. सरस्वती प्राथमिक बिध्यालय बिजयपुरका प्र.अ. सुबोध प्रसास यादव,ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाको प्रहरी हवल्दार गौकरन चौधरी,सुर्यनारायाण खा थारु,जयराम लोहार लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन शैलेन्द्र कुमार चौधरीले गर्नु भएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#