ads

.

Radio Kolhabi Online Radio

बाराको कोल्हबी नगरपालिकामा ६६ औं राष्ट्रिय सहकारी दिवस धुमधामसाथ सम्पन्न ।

जियालाल चौधरी,

कोल्हबी २० चैत// मधेस प्रदेश बाराको कोल्हबी नगरपालिकाद्वारा ६६ औं राष्ट्रिय सहकारी दिवस  धुमधामसाथ मनाइएको छ। कोल्हबी नगरपालिकाको आयोजनामा सम्पन्न भएको उक्त ६६ औं राष्ट्रिय सहकारी दिवस तामागढि पार्टी प्यालेसको सभा हलमा विभिन्न सहकारी संस्थाको उपस्थितमा सोमबार  एक समारोहका बिच  धुमधाम साथ मनाइएको छ।

कोल्हबी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी देवि चौधरीको अध्यक्ष्ाता र कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख अतित्थवमा सम्पन्न कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रममा बोल्नु भएको थियो।कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका नगर प्रमुख चौधरीले नगरपालिकाबाट सके सम्मको सहयोग गर्ने र सहकारी संस्थाहरुले सदस्यहरुलाइ न्युनतम मुल्यमा सेवा प्रदान गर्दछ्न साथै सहकारी संस्थाहरुले उत्पादन तथा सेवा प्रदान गर्ने व्यवसायहरुको अर्थिक बिकास गर्दछ्नबारे उहाले जोड दिनु भएको थियो ।

कोल्हबी नगरपालिका अगाडिबाट निकलेको र्‍याली मुलुकको आर्थिक समाजिक बिकासको लागि सहकारी नै चाहिन्छ,आयत प्रतीस्थापन समाजिक न्यायका लागि सहकारी नै चाहिन्छ भनी नाराको साथ कोल्हबी बजार परिक्रमा गरि तामागढी इभेन्ट भेन्यु पार्टी प्यालेसको सभा हलमा परिणत भएको थियो।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारी,सशस्त्र प्रहरी बेस क्याम्प कोल्हबीका प्रमुख बिसनाथ यादव,नगर उद्योग वाणिज्य संघ शाखा कोल्हबीका महासचिव सम्भु कुमार साह,विभिन्न सहकारी संस्थाका प्रमुख ,प्रतिनिधि लगायतको उपस्थित रहेको थियो।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#