ads

.

Radio Kolhabi Online Radio

तेस्रो कोल्हबी मेयर क्रिकेट कप २०७९ को सम्पुर्ण तयारी पूरा।

जियालाल चौधरी,

कोल्हबी २० चैत// मधेस प्रदेश स्थित बाराको कोल्हबी नगरपालिकाको मुख्य प्रायोजना र परिवर्तनका लागि युवा समाज (पलास)को आयोजनामा कोल्हबी नगरपालिका वडा न. १ मा अवस्थित मठवा-काटाको सुन्दर मैदानमा हुन गइरहेको तेस्रो कोल्हबी मेयर क्रिकेट कप २०७९ को सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

यहि मिति २०७९ चैत्र २२ गते बुधबारका दिन देखि सुरुहुन गइ रहेको तेस्रो कोल्हबी मेयर क्रिकेट कपमा ४ वटा जिल्लाबाट ८ ओटा टीमहरुको सहभागी हुने भएको छ। प्रतियोगिताको बिजेताले नगर रु. ४५,०००, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उप-बिजेताले नगद रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएको छ। प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले १ वटा चादिको बासलेट,ट्रफी र प्रमाण-पत्र प्राप्त गर्ने र साथै चैत २२ गते बुधबार देखि सुरु हुने खेल २९ गते बुधबार सम्म रहने परिवर्तनका लागि युवा समाज (पलास) का अध्यक्ष ज्ञानु चौधरीले जानकारी दिनु भएको छ।

                                                                                   टाइ-सिट सहित:- 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#