ads

.

Radio Kolhabi Online Radio

प्रथम वडा अध्यक्ष कप फूटबल प्रतियोगिता २०७९ को उद्घाटन कार्यक्रम सम्पन्न ।

जियालाल चौधरी,

चैत्र-११ कोल्हवी //मधेस प्रदेश बाराको बारागढी गाउपालिका वडा न.५ मा अवस्थित सिहासनीको खेलमैदानमा सनिवार एक समारोहका बिच श्री जन अभियान युवा क्लब सिहासनिको आयोजनामा प्रथम  वडा अध्यक्ष कप फूटबल प्रतियोगिता २०७९ को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। श्री जन अभियान युवा क्लब सिहासनीका अध्यक्ष सुरज चौधरीको अध्यक्ष्ाता र बारागढी गाउपालिकाका अध्यक्ष अशोक कुमार जयसवालको प्रमुख अतित्थवमा सम्पन्न उद्घाटन कार्यक्रममा बारागढी गाउपालिकाकि उपाध्यक्ष लक्ष्मी देवि राय, बारागढी गाउपालिका वडा न.५ का वडा अध्यक्ष मनेजर चौधरी 

सोही गाउँपालिका वडा न.१ का वडा अध्यक्ष सुरेश चौधरी, वडा न. २ का वडा अध्यक्ष जोगिन्द्र साह,वडा न.५ का वडा सदस्य बिनोद सहनी,श्रीमती बसमतिया देवि तेलिन,ईलाका प्रहरी कार्यालय बारागढीका प्रमुख प्रहरी निरीक्षक जितु  शाह,सुरक्षाकर्मी,समाजसेवी,संचारकर्मी लगायत खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै बारागढी गाउपालिकाका अध्यक्ष जयसवालले खेलकुद स्वस्थ जीवन बिताउने एक महत्वपूर्ण उपाय ह।खेलकुदले मानसिक रूपमा सकारात्मकता प्रदान गर्दछ र शरीरमा ताकत लगाउँछ उहाँले जोड दिनु भएको हो। उक्त प्रतियोगिताको उदघाटनको दिन हातेमालो युवा क्लब चन्द्रपुर रौतहटको र बिरगंज युथ एकेडेमी बिरगंज पर्सा बिच भएको खेलमा ० को विरुद्ध ५ गोलले बिरगंज युथ एकेडेमी बिरगंज पर्सा बिजय भएको छ। खेलको पहिलो हापको  २७ औं मिनेट जादा बिरगंजका जर्सी न.१४ का सुजल डङ्गोलले पहिलो गोल र ३४ औं मिनेटमा दोस्रो गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
 त्यस्तै खेलको दोस्रो हापको ४२ औं मिनेट जादा बिरगंजकै जर्सी न.२० का आकाश पास्वानले थप २ गोल गरेका थिए । यता चन्द्रपुरका खेलाडीहरुले अथक प्रयासका बावजुद पनि जवाफिमा कुनै गोल गर्न सकेका थिएन । खेलको अन्तिम समयमा बिरगंजका जर्सी न.११ का कृष्ण शाक्यले १ गोल थपी ० को विरुद्ध ५ फराकिलो गोलले आफ्नो टिमलाई बिजय गराएको छ।आजको खेलमा बिरगंज युथ एकेडेमी बिरगंज पर्साका आकाश पास्वान म्यान अफ दि म्याच घोसित गरिएको थियो भने भोलिको खेल  रतनपुर युवा क्लब बारा र  इन्डिया बिहार FC घोडासाहन बिच भिडन्त  हुने आयोजक क्लबका अध्यक्ष सुरज चौधरीले जानकारी दिनुभएको छ। करिब ३ लाखको लागतमा सुरु भएको उक्त फुटबल प्रतियोगितामा रतनपुर Yc,इन्डिया बिहार FC घोडासाहन,श्री जन अभियान क्लब सिहासनी,थारु ११ बारा,कछदिया समाज YC चन्द्रपुर रौतहट ,बारा ११ गरि अझै ६ वटा टिमहरुको सहभागी रहने भएको छ।उक्त कार्यक्रममा स्वागत मन्तव्य नागरिक समाज अगुवा भोजराज चौधरीको रहेको थियो भने कार्यक्रमको सहजीकरण बिनोद चौधरीले गर्नुभएको थियो। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#