कोल्हबी चैत ८// प्रदेश न.२ बाराको कोल्हबी नगरपालिका वडा न.१ मा अवस्थित मठ्वा चौरमा कोल्हबी नगरपालिका नगर प्रमुख रामप्रसाद चौधरीद्वारा सशस्त्र प्रहरी बल कोल्हबीको शिलान्यास कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले सशस्त्र प्रहरी बलको भवन शिलान्यास गरेका हुन जसले नगरीय विकास तथा सुरक्षा विषयमा महत्वपूर्ण भूमिका निभाउनेछ। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यो निर्माण हुने सशस्त्र प्रहरी बलको भवन स्थाइ भवन रहने र शान्ति सुरक्षामा केहिको कमि नहोस् भनी उहाले जोड दिनु भएको हो साथै नगरको सुरक्षा तथा समाज सेवा सम्बन्धी महत्वपूर्ण सन्देश पनि उहाँले प्रस्तुत गर्नु भएको थियो।
शिलान्यास कार्यक्रममा नगर प्रमुख चौधरीले सशस्त्र प्रहरी बल कोल्हबीको नयाँ भवनको उद्घाटन गरेका हुन। करिब ३५ लाखको लागतमा तयार हुन गाइरहेको उक्त भवन ३×४ को ४ कोठा र एउटा ब्यारेक रहने र उक्त भवन निर्माण हुन बढी भन्दा बढी २ महिना लाग्ने नगर प्रमुख चौधरीले बताउनु भएको छ।उक्त शिलान्यास कार्यक्रममा कोल्हबी नगरपालिकाकि नगर उप-प्रमुख लक्ष्मी कुमारी चौधरी,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस निजगढका प्रमुख बेसपति सशस्त्र प्रहरी नायब-उपरीक्षक जगरनाथ खड्का,कोल्हबी नगरपालिका वडा न.१ का वडा अध्यक्ष राजहरन चौधरी, सोही वडा का पुर्व वडा अध्यक्ष बिरेन्द्र चौधरी,उद्योग वाणिज्य संघ शाखा कोल्हबीका पुर्व अध्यक्ष महेश कुमार साह,कोल्हबी नगर उद्योग वाणिज्य संघ कोल्हबीका महासचिव सम्भु साह,सशस्त्र प्रहरी बेस क्याम्प कोल्हबीका प्रमुख बेसपति सशस्त्र प्रहरी नायब-निरीक्षक बिशनाथ यादव,माओवादी केन्द्र कोल्हबी नगरपालिकाका नगर कमिति अध्यक्ष रामचन्द्र शाफी,राष्ट्रिय अनुसन्धान बिभाग कोल्हबीका प्रमुख अशोक चौधरी, समाजसेवी हरिचन्द्र पनुहर, कपिदेव पजियार,सुरक्षाकर्मी लगायतका उपस्तिथि रहेको थियो।