ads

.

Radio Kolhabi Online Radio

प्रथम कोल्हबी भलिबल कप २०७९ को उद्घाटन कार्यक्रम सम्पन्न।

जियालाल चौधरी,

कोल्हबी २६ फागुन // बाराको कोल्हवी नगरपालिका वडा न.१ मा अवस्थित कोल्हबी बजारको खुला खेलमैदानमा शुक्रबार एक समारोहका बिच प्रथम कोल्हबी भलिबल कप २०७९ को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कोल्हबी नगरपालिकाको मुख्य प्रायोजन र जनशक्ति क्लव कोल्हबीको आयोजनामा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।जनशक्ति क्लव कोल्हबीका अध्यक्ष खुशी चौधरीको अध्यक्ष्ाता र कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन  कार्यक्रममा कोल्हबी नगरपालिका वडा न.१ का वडा अध्यक्ष राजहरन चौधरी, उध्योग बाणिज्य संघ कोल्हबी शाखाका अध्यक्ष लक्ष्मी साह कलवार,कोल्हबी न.पा. वडा न.१ का पुर्व अध्यक्ष बिरेन्द्र चौधरी लगायतले कार्यक्रममा बोल्नु भएको थियो। 


उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाकि उप-मेयर लक्ष्मी कुमारी चौधरी, ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख नवीन चौधरी, वडा न.२ का वडा अध्यक्ष गोपाल अधिकारी,वडा न.३का वडा अध्यक्ष किशुनदयाल चौधरी ,वडा न.१० का वडा अध्यक्ष कुन्ज बिहारी चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोला अधिकारी ,सशस्त्र प्रहरी बेश क्याम्प कोल्हविका प्रमुख देवेन्द्र चौधरी,साझेदारि सामुदायिक बनका अध्यक्ष रबिन्द्र पनुहर,सपही कलेजका अध्यक्ष केवल प्रसाद चौधरी,


ने.क.पा एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी,उद्द्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु ढुण्डिराज उप्रेती,महेश कुमार साह,पुर्व-उप मेयर सुनैना देवि थरुनी लगायतका उपस्तिथि रहेको थियो। करिब १५,२१,५०० को लागतमा सुरु भएको उक्त भलिबल प्रतियोगिताको पहिलो दिन आयोजक जनशक्ति क्लव कोल्हबी र नेपाल पुलिस क्लब काठमाडौं बिच भएको उद्घाटन खेल्मा  जनशक्ति क्लव कोल्हबीलाई नेपाल पुलिस क्लब काठमाडौंले २५-१४,२५-१०, र २५-१३ ले सोझो सेट्मा बिजय भएको छ  साथै भोलिको खेल सशत्र प्रहरी  बल- काठमाण्डौ,मधेस प्रदेश- जनकपुरधाम,मकवानपुर भलिबल संघ- हेटौंडा,पाथिभरा टाईगर भलिबल क्लब- झापा बिच प्रतिस्पर्धा हुने भएको छ। कार्यक्रममा स्वागत मन्तव्य जनशक्ति क्लब कोल्हबीका सचिव राम किशोर चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन क्लबका सल्लाहकार रामनाथ चौधरीले गर्नु भएको थियो।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#