ads

.

Radio Kolhabi Online Radio

स्थानीय तहका जनप्रतिनिधिहरुको विदेश भ्रमणको कम्र निकै धेरै, तर काम शून्य।

 काठमाडौं= स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमणको क्रम निकै बढी देखिएको छ तर भने त्यसको उपलब्धि स्थानीय तहमा प्राय शुन्य देखिएको छ । विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु विदेश भ्रमण गएर आए पनि स्थानीय तहका लागि खासै कुनै पनि उपलब्धि देखिएको छैन ।


कतिपय स्थानीय तहले विदेश भ्रमणबाट विदेशका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरे पनि त्यो सम्बन्ध यहाँका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमण गर्ने बहाना’ मात्र बनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस आर्थिक वर्ष सुरु भएदेखि २६ जना जनप्रतिनिधि र १४ जना कर्मचारीले विदेश भ्रमण गरिसकेका छन् भने करिब १० जना जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमणको तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

Source=गोरखापत्र दैनिक 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#