ads

.

Radio Kolhabi Online Radio

राष्ट्रपतिको लागि उच्चस्तरीय संयन्त्रको बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की।

 काठमाडौं- निर्वाचनको विषय लिएर उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली बीचमा ‘भनाभन’ भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यकताबारे बोल्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् ।‘प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नु थियो’ तर ती नेताले भने, ‘तर एमाले अध्यक्ष ओलीले यसबारे अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन ।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, सोभन्दा अघि सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यसबारेमा सहमति भइसकेको छ ।

तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए । Source=नागरिक दैनिक।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#