ads

.

Radio Kolhabi Online Radio

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल विवादरहित बनेन।

 काठमाडौं= फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिने भएको छ । २०७२ असोजमा संविधानसभाबाट  नयाँ संविधान जारी भएपछि निरन्तर सात वर्ष राष्ट्रपतिको भूमिकामा रहेकी भण्डारीको कार्यकालमा कहिले विवादरहित भने बन्न सकेन ।


संवैधानिक व्यवस्थाअनुसार शुक्रबार संघीय संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वर पुगेकी भण्डारीको सम्भवतः दोस्रो कार्यकालको यो अन्तिम सम्बोधन हुनेछ । एमाले पार्टी उपाध्यक्ष हुँदै राष्ट्रपतिको भूमिकामा पुगेकी भण्डारीको पहिलो कार्यकाल तुलनात्मक रूपमा कम विवादित थियो ।

यद्यपि संविधान जारी भएपछि केपी ओली नेतृत्वको सरकारप्रति भण्डारी लचिलो बनेको आरोप नलागेको होइन । ओली नेतृत्वमा सरकार गठन गर्ने क्रममा भएको सहमतिअनुसार उनले नेतृत्व हस्तान्तरण नगरेको भन्दै माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।


तर ओलीले प्रधानमन्त्रीले राजीनामा गर्ने व्यवस्था नभएको जिकिर गर्दै अविश्वासको प्रस्तावमाथि संसद्मा छलफल सकिएर मतदानमा जाने बेलामा संसद् बैठक केही समय रोक्न लगाएर राष्ट्रपति भण्डारीबाट बाधा अड्काउ फुकाउ जारी गराएका थिए। आफ्नो अडानलाई पुष्टि गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्न लगाएर ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । दाहालपछि कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठन भएको थियो । देउवा नेतृत्वको सरकारले बाँकी रहेका ठाउँमा स्थानीय तहको निर्वाचन गराउँदै २०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा निर्वाचन गराउनुपर्ने थियो ।

source=नागरिक दैनिक ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#