ads

.

Radio Kolhabi Online Radio

श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा।

 रासस/सिन्हृवा:= श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउन उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन्।


क्षेत्रीय निर्वाचन अधिकारीलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रूपमा सरकारी घोषणा भएको जानकारी दिएको छ । प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए ।

तर, सरकारले अपुग रकमका कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो । श्रीलंकाले स्थानीय सरकार निकायहरूका लागि प्रत्येक चार वर्षमा एकपटक चुनाव गर्दछ र स्थगित स्थानीय चुनावहरू २०२२ मा हुने तालिका थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#