एजेन्सी := जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बायर्नले समग्रमा ३–० को नतिजा निकालेको हो । पहिलो लेगमा बायर्नले १–० गोलको जित निकालेको हो। बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे ।
खेलको ६१ औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।