ads

.

Radio Kolhabi Online Radio

नेपाल-भारत सचिवस्तरीय बैठक, कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत बिषयमा ।

 काठमाडौ‌= नेपाल-भारत सचिवस्तरीय बैठक जारी छ । दुई दिने नेपाल भ्रमणमा आउनुभएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुगे लगत्तै बैठक सुरु भएको हो ।परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा उहाँ नेपाल आउनुभएकाे हाे ।


सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ ।
नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

source=Malaya khabar

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#