ads

.

Radio Kolhabi Online Radio

भारत भ्रमणको क्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भेटे भारतीय समकक्षी राजनाथ सिंहलाई।

दिल्ली= पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आउनुभएको रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटगर्नुभएको छ । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ।


पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आउनु भएको हो। पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उहाँ दोस्रो मन्त्री हुनु हो।यसअघि पराराष्ट्र मन्त्री विमला राई श्रीलंका जानुभएको थियो । उहाँ श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्केसक्नुभएको छ ।

मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनुहुनेछ। मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा आउनु भएको छ ।


souce=Malaya Khabar

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#