ads

.

Radio Kolhabi Online Radio

नेपाल वायुसेवा निगमको विमान चालकदलका सबै सदस्य महिला, नयाँ इतिहास रचियो।

 काठमाडौं:= नेपालका महिला गृहिणी, घरधन्दा र बालबालिका हेर्ने काममा मात्र सीमित हुन्छन् भन्ने भनाइ गलत साबित भएको छ । परिआएको खण्डमा एवं अवसर पाए भने नेपालका महिलाले जस्तोसुकै जोखिमपूर्ण काम पनि गर्दा रहेछन् भन्ने उदाहरण देखाएका छन् नेपाल वायुसेवा निगमका दुईजना महिला विमान चालक र अन्य चालकदलका महिला सदस्यहरूले ।


अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबार आफ्नो विमान उडानमा चालकदलका सबै महिला सदस्यलाई मात्र सहभागी गराएर नयाँ इतिहास बनाएको छ ।

निगमको बुधबार दुबईबाट काठमाडौं अवतरण गरेको ए३२० विमानको सबै चालकदलका सदस्य महिला मात्र थिए । जसमा कमान्डर चालक भावना गिरी पन्त र सहचालक सृजना रावतले निगमको विमान उडाएका थिए ।

Source= राजधानी दैनिकमा ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#