ads

.

Radio Kolhabi Online Radio

यदु स्मृति पत्रकारिता पुरस्कार लोकबहादुर चौधरी (लक्की) लाई प्रदान।

 काठमाडौं:-यदु स्मृति पत्रकारिता पुरस्कार लोकबहादुर चौधरीलाई प्रदान गरिएको छ । शहीद यदुकुमार गौतमको २४औं स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २० हजार रुपैयाँ राशिसहितको पुरस्कार चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।


थारू भाषाको प्रथम दैनिक पत्रिका ‘हमार पहुरा’ का सम्पादक प्रकाशक रहेर कैलालीबाट पत्रकारिता गर्नुभएका चौधरीले २०५९ चैत २९ देखि तत्कालीन थारू भाषाको साप्ताहिक पत्रिका ‘पहुरा’ साप्ताहिक प्रकाशन गर्नुभएको थियो । अहिले उक्त पत्रिका दैनिक रूपमा सञ्चालन हुँदै आएको छ ।

यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ। विसं २०५५ साल फागुन २१ मा साहित्यकार तथा पत्रकार यदुकुमार गौतमको रुकुमको गरायलामा तत्कालीन माओवादीले हत्या गरेको थियो । उहाँको सम्झनामा यदुकुमार स्मृति प्रतिष्ठान रुकुमले ०५९ देखि पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ।

पुरस्कार वितरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाउनुभयो । उहाँले प्रचण्डले जनताले रुचाएको शासनको नेतृत्व गर्न नचाहेको टिप्प्णी गर्नुभयो ।

एमालेसँगको गठबन्धन बाहृय शक्तिलाई मन नपरेको उहाँको जिकिर थियो । केही समयअघि शक्तिराष्ट्रका प्रतिनिधि नेपाल आउने क्रम बढेको र त्यसको नतिजास्वरूप समीकरण बदलिएको महासचिव पोखरेलको दाबी थियो ।

माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दाको माग बिर्सिएको आरोप लागउँदै उहाँले भन्नुभयो, ‘जससँग माग राखेर सशस्त्र आन्दोलन सुरु गरियो, उसैलाई राष्ट्रपति बनाउन समर्पित हुने आन्दोलन’, उहाँले अगाडि भन्नुभयो, ‘शेरबहादुर देउवासँग ४० बुँदे माग राखेर सुरु भएको सशस्त्र आन्दोलन, जसको जगमा १७ हजार मान्छेले बलिवेधीमा होमिनुप¥यो । त्यो आन्दोलनको गन्तव्य के रहेछ त भन्दा नेपाली कांग्रेससँगको सहकार्य ।

source=malaya khabar

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#