ads

.

Radio Kolhabi Online Radio

देउवाले प्रस्ताव गरे राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाम, केही बेरमा अनुमोदन हुने।

 काठमाडौं := नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।  केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन।


हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । देउवाको प्रस्ताव अनुमोदन भए पछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
#
#
#